नुवाकोट ।
नेपाली कांग्रेसकी महिला नेतृ ,समाजसेवीका तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएर भाइ तिहार मनाएकी छिन्।
हिजो शनिबार भाइटीका दिन नुवाकोटको विदुर -२मा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग भाइटिका लगाएकी हुन् ।भाइ टीका दिन छात्रवासमा बसोबास गरिरहेको बालकहरु लाई आफ्नो दिदीबहिनी रहेको अनुभुती दिनको लागि सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेतृ अमात्यले जानकारी दिएका छन्। चाड पर्व कोहि कसैलाई आफन्तको कमी महसुस नहोस भनेर आश्रममा नै पुगेर सामुहिक भाइटिका लगा एको अमात्यले बताएका छन् ।
अमात्यले परिवारविहिन भएका बालकहरुलाई पा रिवाकि मायाको साथै धर्म र संस्कृतिको विषयमा जानकारी दिन समेत सामुहिक भाइटिका आयोज ना गरिएको कार्यक्रममा अमात्यकी परिवारका दा जुभाइ तथा दिदि बहिनीहरु समेत सहभागी भएका थिए ।
उनले कोरोना महामारीको समयमा जिल्लाको त्रि शुली अस्पताल लगायत विभिन्न स्वास्थ संस्थालाई स्वास्थ्य सामग्री तथा जिल्लाको विभिन्न स्थानका जनतालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरे की थिईन। उनी गत स्थानीय चुनावमा विदुर नगर पालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट उप मेयरकि उम्मेदवार समेत रहेकी थिईन।