नुवाकोट।
नेपाल संवत् ११४२ आजबाट सुरु भएको छ। नेवार समुदायले नेपाल संवतलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गरेका छन्।

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनबाट नेपाल संवतको नयाँ वर्ष सुरु हुन्छ।  काठमाडौँ उपत्यका सहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई विशेषरुपमा मनाउने गरिएको छ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

म्ह: पुजा :

आजैको दिन नेवार समुदायमा म्हः अर्थात् आत्म पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताए। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन  पनि सार्थक हुने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x