नुवाकोट।
यमपञ्चकको तेस्रो दिन आज मुलकभर दीपावली गरि लक्ष्मी पुजा गरिदैछ ।आज विहान गाईको गोबरले लितपोत गरी साँझ घर घरमा दिपावली गर्नुका साथै धन धान्यकी देवी लक्ष्मीको भक्तिपूर्वक पुजा आरधना गर्ने चलन छ ।

लक्ष्मी पुजाका लागि आज घरका झ्याल ढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँडी, दलान कोठा, सफा पारिन्छ ।आज सुन चाँदीका गरगहना, रुपैयाँ, पैसा र अन्य धनदौलतको पुजा गर्नाले धनधान्यले सम्पन्न भइन्छ भन्ने जनविश्वास रही आएको छ ।

जुन घरमा दीपावली गरिन्छ, त्यहाँ महालक्ष्मीले सदा बास गर्छिन् भन्ने धार्मिक विश्वासका आधारमा हिन्दुहरुले धनकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ ।

साँझ चामलको पिठोद्धारा लक्ष्मीको पाईलाको प्रतिक चिन्ह बनाई आँगनदेखि भण्डार तथा ढुकुटीसम्म पुर्‍याई रातभर दिपावली गरि झकिझकाउ पार्ने गरिन्छ । सोही पाईलामा टेकेर लक्ष्मी गृहप्रवेश गर्छिन् भन्ने जनविश्वास छ ।आज लक्ष्मीपुजा सकेपछि घरघरमा दैउसी भैलो खेल्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x