
नुवाकोट।
आज काठमाण्डौ र नुवाकोट सहित देशभरका धेरैजसो पहाडी क्षेत्रमा बादल लागेको छ ।मौसमविद्काअनुसार आज दिनभरि नै काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ ।
घाम लागिहाले पनि मलिनो लाग्छ ।पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा तीन डिग्री सेल्सियसले बढेको छ ।
हिजो काठमाण्डौको तापक्रम ११ डिग्री सेल्सियस रहेकोमा आज १४ डिग्री सेल्सियस पुगेको छ ।