
नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका-०४ किम्ताङका राममाया कामी रोल्पा प्रहरीको सम्पर्कमा आएकी छिन।बुबा टेकबहादुर कामी र आमा चन्द्र माया कामी की ३४ वर्षीय एक्ली छोरी राम माया कामी ना.प्र.नं. २५३००८ भएकी महिला विगत १४ बर्षदेखि घर परिवारसंग सम्पर्क बिहिन बनेकी थिइन।
हाल उनी बिहे गरेर पनि ३ छोराछोरीको साथमा रोल्पा प्रहरीको सम्पर्कमा आएको र घरमा आमासंग पनि भिडियो कल भएको साथै एकसाता भित्र भेट्न जाने कुरा समेत भएको वडा अध्यक्ष कमलबहादुर तामाङले लाई जानकारी दिएका छन।