नुवाकोट।
बेमौसमी बर्षातले रसुवा र नुवाकोटको धानबालीमा समेत क्षती पुर्याएको छ।नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी विदुर र बेलकोटगढी नगरपालिकामा १/१ हजार रोपनीमा क्षति पुगेको छ भने सबैभन्दा कम म्यागङ गाउँपालिकामा ९० रोपनी क्षेत्रफलको धानबाली क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्रले नुवाकोट र रसुवा दुवै जिल्लालाई हेर्ने गर्छ ।रसुवाको तल्लोभेग उत्तरगया र नौकुण्ड गाउँपालिकामा वर्षातले धानबाली क्षति पुर्‍याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय