नुवाकोट।
देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।

महाशाखाको मौसमी बुलेटिनअनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।प्रदेश १, प्रदेश २,  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थानहरु र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x