नुवाकोट।शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ।केही ठाउँमा भने पानी परिरहेको छ।

भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव भएकाले मौसम बदली र पानी पर्न सुरु भएको हो।

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना रहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय