
काठमाडौ।
निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज भने घाम ताप्दै बसेको छ।
अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ। किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ।
यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए।उहाँले भनेका थिए ‘बिमानलाई घाममा सुकाएर पैसा आउँदैन’
यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन्। जहाज घाममा सुकाएर त पैसा आउँदैन। जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ।