नुवाकोट ।
जिल्ला घर भएकी ३४ वर्षीया महिला ६ वर्षअघि दिल्लीमा बेचिएको थिइन् । भारतको नयाँ दिल्ली र आग्राका विभिन्न वेश्यालयमा ६ वर्ष बिताएर उनी अहिले स्वदेश फर्केकी छिन् ।

आफ्नै पतिले दलालसँग मिलेर उनलाई बेचेको उनको आरोप छ । नेपाल फर्केर उनले पतिविरुद्ध कानुनी लडाइँ सुरु गरेकी छिन् ।

उनकै सुराकका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनका पति र अर्का बिचौलियालाई पक्राउ गरेको छ । महिलालाई बेचेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भएका पासाङ तामाङ र पीडितकै पतिलाई पक्राउ गरिएको मानव बेचविखन ब्युरोले बताएको छ ।

गत असोज १४ गते पक्राउ गरेर उनीहरुमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ती महिलालाई पतिकै सहयोगमा सुनौली नाका हुँदै भारतको दिल्ली र आग्रामा लगेर वेश्यालयमा बेचेको ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय