
नुवाकोट ।
शनिबार साँझ सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको जनाएको छ ।बारपाकको विनाशकारी भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५६० परकम्प गइसकेको छ ।