नुवाकोट।
जिल्लाको विदुर-१३ को देउडीमा बर्षा पछि राटमाटे खोल्चामा आएको भलले कयौं खेती योग्य जमिन डुबान र घरहरु जोखिम परेको छ।
देउडीबाट रातमाटे सडक निर्माण गर्दा संबंधित निकायबाट मापदण्ड अनुरुप कार्य नगरेको खोल्चाको भाग मासेर स्थानीयले खेत बनाएको कारण ले गर्दा नि यस्तो बिकराल समस्या आएको स्थानीय राजकुमार अधिकारी बताए।
उक्त सडक बिदुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको थियो। कुनै मापदण्ड बिना जङल फाडेर निर्माण गरिएको हुदा बर्षा हुदा बाढी पहिरो र डुबानको समस्या परेको स्थानीयले जानकारी दिए। उक्त डुबानले डेउडीको तल्लो बस्तीमा समस्या पर्दै आईरहेको छ।
उक्त सडक निर्माण गर्दा आफ्नो ४ रोपनी खेत मासिए पनि बिकास होस भने कुनै गुनासो नगरेका स्थानीय रामराजा कोइराला अहिले घर नै डुबान पर्दा नगरपालिका बाट कुनै सहयोग नपाएको भन्दै आक्रोश पोखेका छन्।
विकासको नाम स्थानीय निकायले आफ्नो कार्याकर्ता पोस्ने योजनाले गर्दा यस्तो भएको स्थानीयले आरोप लगाएको छ।
अन्य ठाउँमा यस्तै घटना हुदा प्रत्यक्ष भेटेर सहयोग गर्ने मेयर सन्जु पन्डितले स्थानीयलाई बेवास्ता गरेको आरोप लगाएको छ। यस सम्बन्धमा मेयरसंग पिटि अनलाईनले सम्पर्क गर्ने प्रयास सफल नभएको हाम्रा संबाददाताले बताएका छन्।
उक्त सडकको कारण हुने डुबान नियन्त्रण गर्न नगरपालिकाले रातमाटे खोल्चाको बाटो तय गर्न पहल गर्न स्थानीयले माग गरेका छन्।
बिकासको नाम हुने यस्तो प्रकारको बिनास यहाँ मात्र नभई देश भरी हुने गरेको छ। सरकारले मापदण्ड तोकेर विकास गर्नु पर्ने टड्कारो आवस्यकता देखिएको छ।