जलाउन हाेकी आगाे निभाउन आयौ तिमी
फेरि पनि झरि बनी भिजाउन आयौ तिमी।

मुटु दुख्याे चाेट विना यादहरु पठायौ कि
फूल बनी छेउ मै रिझाउन आयौ तिमी।

झुक्यािएरै ठाेक्किएछु सपनामा तिमी सँग
डर लाग्छ अनायास बिझाउन आयौ तिमी।

फेरी पनि अन्जानमै केही बात भयो हाम्रो
यस्तो लाग्याे जिन्दगीमा गिज्याउन आयौ तिमी ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय