• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक


    २०८२ जेठ ४, शनिबार

    २०८२ जेठ ४, शनिबार

    नुवाकोट /
    लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गरिएको छ। नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले उक्त कृति लोकार्पण गरेका हुन।

    काठमाडौको महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गरिएको हो।

    श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ।

    ‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो ।यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित भएको थियो।

    उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो। नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन्।

    सम्बन्धित