काठमाडौ /
गोलढुंगा साहित्य परिषद्को आयोजनामा स्रष्टा सम्मान एवम् रचना वाचनसहित नववर्ष २०८२ को अवसरमा शुभकानमा आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

कविवर नरेश शाक्य, समालोचक लुमडी आचार्य र आख्यानकार लव गाउँले सम्मानित हुने व्यक्तिहरु हुन।

सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका सभाध्यक्ष देवेन्द्र अर्याल ‘आँसु’ र नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले संयुक्तरुपमा दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले तारकेश्वर स्रष्टाहरुको उर्वर भूमि भएकोले यसको नेपाली साहित्यमा विशिष्ट स्थान रहेको र स्रष्टाहरुको सम्मानका लागि सबैले चासो दिनुपर्ने कुरा बताए।

कार्यक्रममा अध्यक्ष अर्यालले तारकेश्वरका साहित्यकारहरुलाई २०५१ सालदेखि नै समेटेर विभिन्न प्रकारका साहित्यिक गतिविधि सञ्चालन गर्दै एवम् कृति प्रकाशनसमेत गर्दै आएको र आगामी दिनमा उक्त कार्य झनै सशक्तरुपमा अगाडि बढाइने कुरा बताए।

उक्त कार्यक्रममा काठमाडौं मुक्तक मञ्चका अध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, धरहरा सम्बत एबं घनु बहरका प्रवर्तक समेत रहेएका धरहरा अभियन्ता ध्रुवप्रसाद गजुरेल, तारकेश्वर साहित्यिक प्रतिष्ठानका सचिव राजेश ढकाल, भक्तपुर साहित्य समाजका दिलकुमारी डंगोल, गजलकार पुरुषोत्तम पौडेल रसुवा, सेक्रेड हार्ट विद्यालयका प्राचार्य बद्रीनाथ भट्ट, तारकेश्वर साहित्य प्रतिष्ठानका सदस्य सूर्यबहादुर श्रेष्ठ, कृष्णप्रसाद पौडेल जस्ताघरे, बालअधिकार अभियन्ता शुसिल आचार्य, पुरुषोत्तम अर्याल मधु आचार्य लगायतका स्रष्टाहरुले शुभकानासहित आ-आफ्ना रचना वाचन गरेका थिए।

त्यस्तै कार्यक्रममा स्रष्टा समाज नेपालका सचिव प्रकाश घायलले २०५१ सालमा साहित्य परिषद्ले वृहत्त साहित्यिक कार्यक्रमको आयोजना गरेको धारण राखेका थिए भने कार्यक्रममा स्रष्टा पुरुषोत्तम अर्यालले तारकेश्वरको साहित्यिक फाँटमा गोलढुंगा साहित्य परिषद्ले उल्लेख्य काम गरेको कुरा बताए।

सम्मानित स्रष्टा लुमडी आचार्यको जन्म २००२ सालमा मुड्खुमा भएको हो ।उहाँका औचित्यहीन समारोह, चमत्कारी ऋृषि, मर्माहत, चराहरुको वनभोज, कागजको खोस्टो, केही स्रष्टा केही सिर्जना, एकदृष्टि सोह्र वृष्टिआदि एकदर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

नेपाली कविताको प्रगतिवादी धारामा कविता सिर्जना गर्ने एवम् साहित्यको माध्यमबाट परिवर्तन र चेतना अभिवृद्धि गर्ने झापा विद्रोहका एक योद्धा नरेश शाक्यका ऋतु परिवर्तनका गीतहरु, एउटा नदीको आत्मकथा, लेकको सुस्केरा, परिवेश आदि कविता संग्रह र जीवन अनेक घुम्तीहरुमा संस्मरणात्मक कृति प्रकाशित छन् ।शाक्य साहित्य सन्ध्या, राष्ट्रिय प्रतिभा पुरस्कार, प्रज्ञा पुरस्कार, गोपालप्रसाद रिमाल पुरस्कार आदिबाट सम्मानित हुनु भएको छ। हाल तारकेश्वर नगरपालिकामा रहेर साहित्य सिर्जनामा सक्रिय शाक्यको जन्म २००३ सालमा धरानमा भएको थियो।

त्यस्तै, लव गाउँलको अरे क्यानाम डिस्टप, अनुहार त बरु कागजकै भए हुने, भूगोलको एक छेउ, म मेरो देश खोजिरहेछु, गाउँलेका मसिना कथाहरु, अष्टे«लिया ब्लुज लगायत दर्जन कृति प्रकाशित छन् ।विभिन्न पुरस्कार सम्मानबाट सम्मानित उहाँको जन्म २००३ सालमा जयन्तीपुर फुटुङमा भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x