• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    पाकिस्तानी जितको खुशी संजालमा व्यक्त गर्दा एक भारतिय शिक्षिकाको जागिर चट


    २०७८ कार्तिक ९, मंगलबार

    २०७८ कार्तिक ९, मंगलबार

    एजेन्सी।
    टि -२० क्रिकेटमा पाकिस्तानले जितेको खुसीयाली व्यक्त गर्दा भारतको राजस्थानमा एक शिक्षिकाको जागिर चट भएको छ ।पाकिस्तानको जीतमा खुसी व्यक्ति गरेको भन्दै राजस्थान स्थित निजी विद्यालय की शिक्षिकाको जागिर गुमेको हो ।

    भारत र पाकिस्तानबीच आइतबार भएको टी २० क्रिकेट खेलमा पाकिस्तानले जीत हाँसिल गरेको थियो ।राजस्थानको जयपुर स्थित निर्जा मोदी विद्यालयकी शिक्षिका नफिजा अत्तारीले सो जीतको समर्थन गरेको भन्दै उनलाई जागिरबाट निकाला गरिएको इन्डिया टुडेमा खबर छ ।

    आइतबार भएको खेलमा भारतविरुद्ध पाकिस्तानले जितेपछि नफिजाले ‘हामीले जित्यौ’ भन्दै ह्वाट्सएपमा स्टाटस राखेकी थिइन् ।नफिजाको सो स्टाटसले सामाजिक सञ्जालमा क्षणभरमै चर्चा कमाएको थियो ।

    सो स्टाटस विद्यालय व्यवस्थापन समिति समक्ष पुगेको केहि बेरमै नफिजालाई समितिले जागिरबाट निकालेको थियो ।

     

    मिल्दो जुल्दो खबर