
नुवाकोट /
काठमाडौंमा २० औँ नव शान्ति कप कराते च्याम्पियनसिप–२०२५ सम्पन्न भएको छ। जसमा जिल्लाको म्यागङ गाउँपालिका–५ स्थित सामरी कल्लाबारी डोजोका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएका हुन्।
प्रतियोगितामा सहभागी खेलाडीहरू मध्य आयुष तामाङले शानदार खेल प्रस्तुत गर्दै स्वर्ण पदक जित्न सफल भए।


त्यसैगरी रोशन ओलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा लेखाए।
यसै प्रतियोगितामा सरोज तामाङले कडा प्रतिस्पर्धाबीच रजत पदक हासिल गरे भने ओस्पिरिना तामाङले दुई फरक विधामा उत्कृष्ट खेल देखाउँदै २ वटा रजत पदक जितेर डोजो र जिल्लाको गौरव बढाएकी छन्।
खेलाडीहरूको यो सफलताले सामरी कल्लाबारी डोजो, म्यागङ–५ नुवाकोट मात्र नभई सम्पूर्ण जिल्लालाई गौरवान्वित बनाएको छ। स्थानीय अभिभावक, प्रशिक्षक तथा खेलप्रेमीहरूले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
