नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका ६ मैवलमा टिफरको ठक्करबाट एकजनाको ज्यान गएको छ। बुधबार दिउँसो २:३० बजे त्रिशुलिबाट सामरी मैवल जाँदै गर्दा टावर नजिकैको जंगलमा मोटरसाइकल सवार एकजनाको ज्यान गएको हो।


बा ४ ख ८६६० नम्बरको टिफरले बा ९४ प ८४३० नम्बरको यामाहा मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार फलाटेका अन्दाजी ७० वर्षको बिस्णु बहादुर तामाङ (माले)को घटनास्थलमै ज्यान गएको हो।उक्त मोटरसाइकल चालक मृतकका छोरा हुन भने उनि सामान्य घाइते भएका छन।


