नुवाकोट /
नेपालको राज्य प्रणालीको निर्वस्त्र चरित्र हो यो। घरबारीको बाँझो फुटाएर किसानी गर्छु भन्नेलाई विचौलियाले चुस्छ, केही उद्यम गर्छु भनी दौडधूप गरिरहेकालाई वित्तीय संस्थाले पजल खेलाए झैं खेलाउँछ, कुनै कागजी प्रक्रिया मिलाउन भनी अड्डा धाउनेलाई सरकारी कर्मचारीले प्रक्रियामै अल्झाइरहन्छ, केही नलागेर श्रम बेच्न विदेश जान्छु भन्नेलाई दलालले फनफनी घुमाईदिन्छ।
उपाय नास्ती भएपछि के हुन्छ ? क्रोधको जन्म हुन्छ। र क्रोधको सबैभन्दा तोडिलो भाषा हो, थप्पड। भलै ‘थप्पड’ विधिसम्मत जवाफ होइन । तर विधि नै बिग्रिएपछि त्यहाँ अरु प्रक्रियाहरु लाचार बन्छन् ।अनि थप्पडको ध्वनि चर्को हुन्छ।


‘थप्पडदेखि थपडीसम्म’को मनोसामाजिक उद्वेग र औचित्य खोजीमा फन्को लगाउँछ, प्रदर्शनरत चलचित्र ‘छक्कापञ्जा ४’ ।
