नुवाकोट /
रसुवा जिल्लामा दोस्रोपटक बागमती प्रदेश स्तरीय “मारुनीनाच” प्रतियोगिता हुने भएको छ। रेडियो लाङटाङ रसुवाको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

नेपालको पर्यटन विकास, नेपालीकला, सँस्कृती, परम्परा तथा मौलिक सभ्यताहरुको प्रवर्धन एवं संवर्धनका लागि प्रदेश स्तरीय “मारुनीनाँच”प्रतियोगिता हुन लागेको हो।

पुरुषलाई महिलाको भेषमा सजाएर कथा किंवदन्तीहरुको गायन रमादलको तालमा नाचिने मारुनी नाच हामी मगर, गुरुङ, तामाङ,ब्रामण तथा क्षत्री समुदायको लोप हुन लागेको मौलिक संस्कृति पनि हो।

प्रतियोगिता यहि फागुन २४ गते शनिबार रसुवाको नीलकण्ठ माध्यामिक विद्यालय उत्तरगया -५ बोगटीटारमा बिहान ८ बजेदेखि शुरु हुनेछ भने समूह दर्ता २२ गतेभित्र गराइसक्नु पर्नेछ।

थप जानकारीका लागि ९८५१०६९०७२ मा फोन गर्न सक्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय