नुवाकोट/
जिल्लाको विदुर नगरपालिका -१३ मा “बागेश्वरी प्रगतिशिल युवा क्लव”ले सांस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउने भएको छ। यहि माघ २१ गते शनिवार वडा कार्यालय देउडीमा ल्होछार विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो।

क्लवका अध्यक्ष प्रेमकुमार तामाङले आफ्नो ठाउँ आफै बनाऔँ भन्ने मुल नारा लिएर सास्कृतिक कार्यक्रम सहितको ल्होछार पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो।

एक वर्ष अघि स्थापना भएको उक्त क्लवले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र सबै जातजातीको चाडपर्वलाई सम्मान गर्ने क्रममा ल्होछार पर्व विशेष कार्यक्रम गर्न लागिएको अध्यक्ष तामाङले बताए ।

विदुर नगरपालिका वडा नम्बर १३ को वडा कार्यलय परिसरमा हुने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने क्लवका सचिव धनबहादुर तामाङले बताए ।

विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कलात्मक प्रस्तुति समेत कार्यक्रममा समावेस गरिने उहाँले जानकारी दिए। तामाङ कला सस्कृतिको जगेर्ना गर्ने उदेस्यका साथ कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।

त्यस्तै विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिने बागेश्वरी प्रगतिशिल युवा क्लवका सचिव धनबहादुर तामाङले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय