काठमाडौ /
खानेपानी मन्त्रालयका अनुसार सिंहदरबारमा दैनिक चार हजार कार्टुन बोतल र चार हजार जार पानी खपत हुन्छ ।यो पानी नेपाल बोतल वाटर खानेपानी संघअन्तर्गतका उद्योगले उपलब्ध गराउँछन्। निजी खानेपानी उद्योगबाट ल्याइएको पानीको शुल्क जोड्दा दैनिक झन्डै ६ लाख २० हजार रुपैयाँको खानेपानी सिंहदरबारमा खपत हुने गरेको छ । यसको मोटामोटी हिसाब हेर्दा मासिक झन्डै दुई करोड खर्च हुन्छ । सरकारी खानेपानी ल्याउने हो भने यति ठूलो आर्थिक भार घट्छ ।

मन्त्री खानले केयुकेएल र मेलम्चीको पानी प्रशोधन र शुद्धतामा ध्यान दिनुपर्ने बताए ।सिंहदरबारमै केयुकेएलको पानी वितरण हुँदा यसको शुद्धतामा केन्द्र सरकारको अझ बढी चासो हुने उनको भनाइ छ ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले सिंहदरबारको पूर्वीगेट साइटमा केयुकेएलको डिप बोरिङ पनि रहेको बताए। ‘मेलम्चीको पाइन नबिछ्याइए पनि त्यहाँ केयुकेएलको पानी तालिकाअनुसार जान्छ, तर पिउनका लागि अर्कै पानी आउँछ,’ उनले भने, ‘नेपाल खानेपानी संस्थानले पनि सिंहदरबारमा केही मात्रामा बोतलको पानी सप्लाई गर्दै आइरहेको छ।’ तर, अधिकांशका मन्त्रालय तथा कार्यालयले निजी कम्पनीकै बोतल र जारको पानी प्रयोग गर्छन् ।केयुकेएलबाट आएको पानी पर्याप्त संकलनका लागि अधिकांश मन्त्रालयको ट्यांकी छैन ।यहाँका मन्त्रालयले केयुकेएलले पठाएको पानी भरेर आवश्यक परेको वेला प्रयोगमा ध्यान दिएका छैनन् ।सहज हुने भएकाले अधिकांशमा निजी कम्पनीकै जार ल्याउने गरिन्छ । यो समाचार नयाँ पत्रीका दैनिकमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x