भगवती खनाल`सुनाखरी´को गजल: गरिबका निधार धनिका पैँताला भएछ

लेख-बिचार साहित्य र मनोरञ्जन

कामगर्नेहरुको त यहाँ हाड र छाला भएछ
गरिबका निधार पनि धनिका पैँताला भएछ।

यो देश सुकेर सानो भयो भन्दै हुनुहुन्छ आमा
देश हाक्नेहरुको कसरी हो ठुला गाला भएछ।

हिजो हात जोडेर खाएको बाचा कसम आज उ
त्यो फोहोर पानीकै कारण झाडा पखाला भएछ।

पसिना बगाउँदा बगाउँदै छाक टार्न मुस्किल यता
उता हुकुम चलाउनेको गलामा माला भएछ।

महङ्गी छ तरकारी समेत किन्न सकिन मैले
जिन्दगी नी आफैलाई रेट्ने धारिलो भाला भएछ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट त्रिशुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *