खोटाङ/
जिल्लामा यात्रुबस दुर्घटना भएको छ। ब्रेक फेल भएर उक्त बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाइते भएका हुन्।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएको खोटाङ प्रहरीले जनाएको छ।
