तिमीले घुम्टो खोल भन्यौ
घुम्टो खोलेर सिरानीमा राखेँ।

तिमीले गहना खोल भन्यौ
गहना खोलेर आलमारीमा राखेँ।

तिमीले आँखा खोल भन्यौ
आँखा खोलेर तिम्रा आँखैमाथि राखेँ।

तिमीले फेरि ओठ खोल भन्यौ
राख्ने ठाउँ कतै भेटिन तिम्रो ओठमाथि राखेँ।

भन्न त तिमीले अरु केके पनि भनिरहेथ्यौ
मैले नबुझ्ने भाषामा
नादान म! आधा बुझेँ आधा बुझिन
तर `बुझिन´ भन्ने समेत साहस नभएर
चुपचाप
पुरै जिन्दगी
तिम्रो जिन्दगीमाथि थपक्क राखिदिएँ ।

राधिका कल्पित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय