प्रचण्ड पुग्नु अघिनै भोजपुरको चुनावी आमसभामा बम विस्फोट १ जना घाइते

ताजा समाचार राजनीति

भोजपुर/
जिल्लामा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ।भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो।

प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् ।

घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *