चोटहरू छन् कति कति सुनाई के हुन्छ?
कोहि दिदैनन् ओखति सुनाई के हुन्छ?
सँधै हलो,कोदालो छ आफ्नो जिन्दगी
केवल अर्काको प्रगति सुनाई के हुन्छ?


मद्दत मिल्छ भन्दै सम्झ्यो साथी गाह्रोमा
टेर्दैनन् नहुँदा सम्पति सुनाई के हुन्छ ?
धड्कन ठानी कुरी बस्यो बाटो आफू यता
बाल मान्दिन त्यो असत्ती सुनाई के हुन्छ?
पूर्व हेर्यो लठिभद्र छ पश्चिम हेर्यो बरवाद
बिना अर्थको छ सहमति सुनाई के हुन्छ?
लक्ष्मी स्मृति
बिराटनगर-५
