
अब्बल छँदै जवानी तिम्रो हुने रहर छ
सुम्पेर जिन्दगानी तिम्रो हुने रहर छ
दिलको महल सजाई दिलभित्र राख्नलाई
दिलकै गरि’ लगानी तिम्रो हुने रहर छ
त्यागेर बाउ आमा विर्सेर मित्र आफ्ना
सर्वस्व प्यार ठानी तिम्रो हुने रहर छ
आगो तिमी म पानी साटेर मन सँगै मन
रच्दै नयाँ कहानी तिम्रो हुने रहर छ
दिलको महल सजाई दिलभित्र राख्नलाई
दिलकै गरि’ लगानी तिम्रो हुने रहर छ
तिम्रो समीप बन्दा छोड्नै परे”जगत” यो
सारेर राजधानी तिम्रो हुने रहर छ।
जगतबहादुर खड्का
गौरीशंकर गाउँपालीमा -३ झ्याँकू दोलखा
हाल :- रोमनिया