आशीर्वादको निम्ति भक्तिगान गाउन सिक्नुस्
दिनहुँ साँझ बिहान शक्तिपीठ धाउन सिक्नुस्
हरेक पटक प्रभुको सवारी चलाउँदा
चमर हल्लाएर झिँगा धपाउन सिक्नुस्
**************

दिलमा आगो दनदनाउँदा शय्या पनि सोला बन्छ
दमकलबाट पानी छ्याप्दा रगतको खोला बन्छ
मालाभित्रै मगमगाउँछन् सद्भावका दानाहरू
मैलो मनमा मखमली थुँगा बमगोला बन्छ
******************

पत्थरमा चिप्लिएर पानी बहन्छिन् सर्वदा
आकाश ओढेर घिच्रो तानिरहन्छिन् सर्वदा
जँघारको लामो कथा सुनाउँछिन् चिरबिरे चरी
भरियाको जीवन कहानी कहन्छिन् सर्वदा।

भरत सिग्देल
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय