नुवाकोट /
नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गाएका गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् ।‘अघि अघि प्रचण्ड’ बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् ।

जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् ।स्मिता प्रचण्डकी नातिनी हुन् ।

गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् ।भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए। गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ ।

‘अघि अघि प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेकोे छ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय