• मंसिर ८, २०८३ मंगलबार
    24 Nov, 2026, Tuesday

    सत्ता गठबन्धनबाट बाहिरियो जसपा: एमालेसंग १६/१६ सिट बाँडफाँडको तयारी


    २०७९ असोज २०, बिहिबार

    २०७९ असोज २०, बिहिबार

    काठमाडौ /
    जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ।आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिँदै नेकपा एमालेसँग नजिकिएको छ ।

    जसपा उच्च स्रोतका अनुसार आसन्न चुनावमा एमाले र जसपाबीच तालमेल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र उपेन्द्र यादवले गहन छलफल गरिरहेका छन्। बिहीवार दिउँसोदेखि दुवै अध्यक्षबीच ३–४ घण्टादेखि गोप्य छलफल चलिरहेको छ ।

    छलफलमा मधेश प्रदेशका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६/१६ सिट बाँडफाँट गर्ने सहमति नजिक पुगेको स्रोतले जनाएको छ। मधेशबाहिर अन्य प्रदेशमा जसपाले ९ सिट पाउने भएको छ।

    यसरी एमालेसँग मिल्दा जसपाले प्रतिनिधि सभाका २५ सिट पाउने भएको छ। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले जसपालाई प्रतिनिधि सभाका १५ सिट मात्रै दिन खोजेको थियो ।

    सम्बन्धित