दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा समाचार

दोलखा/
जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो।

पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ। असार लागे यता मात्रै ४ रेक्टर माथिका तीन वटा भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार असार ९ गते एकै दिन कास्की केन्द्र भएर ४ दशमलब ९ र गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टरको भूकम्प गएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *