कलम भाँच्नलाई बल नलगाउनु हाेला
विचार मास्नलाई बल नलगाउनु हाेला।

ऊ रहरले होइन वाध्यताले नाङ्गै हिड्याे
विन्ति छ हाँस्नलाई बल नलगाउनु हाेला।

त्यो काेपिला हो भाेलि फुलेर सुन्दर हुनेछ
हाँगा नै लास्नलाई बल नलगाउनु हाेला।

मुटु टुक्री छियाछिया भयो आमा भन्नुहुन्छ
नाता नै गाँस्नलाइ बल नलगाउनु हाेला।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय