भाग्य फुटेकाहरुलाई पनि जिउन दिनुहाेला
छाति फाटेकाहरुलाई पनि सिउन दिनुहाेला।

मरुभूमिमा छट्पटाई रहेकाे त्यो सिपाही जस्तो
उसलाई विन्ति शान्तिकाे श्वास पिउन दिनुहाेला।

बर्षौ पुरानो बा काे सिपबाट बनेको घरलाई
स्याहार सम्माहार र हातले लिउन दिनुहाेला।

निस्ता भातहरु कसरी खान्छन् जनता यति साेच्नु
सुनौलो विचार सँगै असल तिउन दिनुहाेला।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x