मनाङ/
नेकपा माओवादी केन्द्रबाट मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

गाउँपालिकाका तीनजना एमाले, काँग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।‘वडामा सबै पार्टीका नेताहरुले सल्लाह गरेर वडा अध्यक्ष माओवादीलाई दिएका थिए, अरु वडा सदस्य एमाले काँग्रेसलाई दिएको थियो’ गुरुङले भने, ‘बेलुका ५ बजेसम्म कसैको उम्मेदवारी नपरेपछि वडाको सबै सिटमा  निर्विरोध निर्वाचित भयो ।’

वडाबाटै सल्लाह गरेर उम्मेदवारी दर्ता गर्न गएकाले अरु कसैको उम्मेदवारी नपरेको गुरुङले बताए ।नेस्याङका गुरुङ सबैभन्दा पहिलो निर्विरोध निर्वाचित हुने वडा अध्यक्ष भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x