अरुकाे पीडा भित्र हाँस्नेलाई के भन्नू छ र
हजार सँग मुटु गाँस्नेलाई के भन्नू छ र।

खरावलाई विष त्यो मनपर्न थालेपछि
नाता ठाउँ ठाउँमा भाँच्नेलाई के भन्नू छ र।

चिन्नेले पाे चिन्न सक्छ यहाँ काठ र श्रीखण्ड
नचिन्दै अगाेमा त्यो झोस्नेलाई के भन्नू छ र।

स्वार्थि याे सन्सारमा हो स्वार्थ टिपि हिडेपछी
फुलकाे छेउ काँडा टाँस्नेलाई के भन्नू छ र।

भगवती खनाल ‘सुनाखरी’
नुवाकोट त्रिशूली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x