“अप्रिल फूल” अर्थात मूर्ख दिवस अंग्रेजी पात्रोको april 1 खासगरी क्यानडा, न्युजिल्याण्ड, वेलायत, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । पछिल्ला वर्षहरुमा आयातीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामाझ लोकप्रिय हुँदै गएको छ ।
प्रचलित चिनियाँ उखानले भन्छ, मलाई एकपटक मूर्ख बनायौ, तिमीलाई धिक्कार छ ।तर, मलाई पटक– पटक मूर्ख बनायौ, मलाई नै धिक्कार छ ।धूर्तले अरुलाई पटक-पटक मूर्ख बनाउँछ ।कतै हाम्रो धूर्त र चतुर स्वाभावले अरु पीडित हुनुपरेको त छैन ? आत्मविश्लेषण गरौं ।
लागौं यस्को उत्पत्ति र शुरूवात तर्फ यस्को इतिहास धेरै लामो छ धेरैले आ-आफ्नो तरिकाले ब्याख्या गरेको पाईन्छ।१४ औं शताब्दीको अन्त्यतिर बेलायतका राजा रिचार्ड द्वितीय र बोहेमियाकी रानी एनीका बीचमा विवाह हुने हल्ला गरियो र मिति ३२ मार्च तोकियो ।
जसलाई त्यहाँको जनताले साच्चै ठाने र मूर्ख बने ।त्यही बेला देखि ३२ मार्च अर्थात् १ अप्रिललाई अप्रिल फुल डेका रूपमा मनाउन थालियो ।एक अर्को कथा अनुसार, प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो ।सन् १५८२ मा पोप ग्रोगोरी १३ ले नयाँ क्यालेन्डर अपनाउन निर्देशन दिए, जसअनुसार जनवरी १ मै नयाँ वर्ष हुन्थ्यो ।त्यति हुँदा पनि कतिपयले अप्रिल १ लाई नै नयाँ वर्ष मनाइरहेका थिए ।
यसरी अप्रिल १ मा नयाँ वर्ष मनाउनेलाई जनवरी १ मा नयाँ वर्ष मनाउनेले मूर्ख ठान्न थाले र उनीहरूको मजाक उडाए ।१९१५ को कुरा हो, जब जर्मन विमानस्थलमा एक बेलायती पाइलटले ठूलो बम फाले ।यो देखेर मानिसहरू यत्रतत्र भागे, धेरै समयसम्म मानिसहरू लुकेर बसे ।तर, धेरै समय बित्दा समेत जब कुनै विस्फोटको आवाज आएन, तब मानिस फर्केर त्यो बम हेर्न आए ।
त्यहाँ एउटा ठूलो फुटबल थियो, जसमा ‘अप्रिल फुल’ लेखिएको थियो ।यस्तो पनि भनिन्छ कि, पहिले भारतवर्ष कै क्यालेन्डर संसारभर मानिन्थ्यो ।जसअनुसार नयाँ वर्ष चैतमा अर्थात् अप्रिलमा पर्दथ्यो ।१५८२ मा पोप ग्रोगोरीले नयाँ क्यालेन्डर ल्याएपछि त्यसलाई धेरैले मान्न थाले ।
कथाको थालनी जसरी जोसंग जोडिए पनि हामी नेपालीहरुलाई नेताहरुले हरेक दिन हरेक महिना र हरेक बर्ष अप्रिल फुल बनाईरहेका छन् ।बिकास र समृद्धिको नाममा होस वा शान्ति र एकताको नाममा ।चुनावी नारा पार्टीको बिधान र नेताहरुको भाषण मूर्ख दिवस भन्दा खासै फरक देखिदैन तसर्थ ,नेताहरुको हरेक बोली अप्रिल फुल जस्तो लाग्ने अवस्थाको अन्त्य होस शुभकामना सबैमा ।