• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    पिएनजीसंग नेपाली क्रिकेट टोलिको दोस्रो हार


    २०७८ चैत्र १२, शनिबार

    २०७८ चैत्र १२, शनिबार

    काठमाडौं / 
    पपुवा न्युगिनी(पीएनजी)सँग एक दिवसीय खेलमा नेपाल दोस्रो पटक पनि पराजित भएको छ। टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पन्छयाउने क्रममा पीएनजीले ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।

    पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको पालि खेले। त्यस्तै सेसे बउले ३८ रनको पालि खेलका थिए।

    नेपालका लागि ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले १४० बल खेल्दै १०५ रन जोडे पनि टोलीलाई हारबाट बचाउन सकेनन्। त्यस्तै देव खनालले ८६ बल खेल्दै ७२ रन जोडेका थिए। रोहित पौडेलले ३६ बल खेल्दै ३५ रन जोडेका थिए। यस्तै कप्तान सन्दिप लामिछानेले ९ बल खेल्दै २४ रन जोडे।

    पीएनजीले शुक्रबार पनि नेपाललाई ६ रनले पराजित गरेको थियो।

     

    मिल्दो जुल्दो खबर