
काठमाडौ /
संयुक्त जनआन्दोलन मोर्चाले एमसिसी विरुद्ध निरन्तर विरोधका कार्यक्रमहरु गर्ने घोषणा गरेको छ ।रिपोर्टस क्लब नेपालको कक्षमा भएको पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम घोषणा प्रेस विज्ञप्ति समेत पढेर सुनाइएको थियो।
उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले एमसिसी विरुद्ध “स्वाधीनता सेनानी” संगठन शीघ्र गठन हुने र यस विषयमा बिस्तृत जानकारी पछि दिने बताउँदै २३ गते हुने असन, इन्द्रचोक को एमसिसी विरुद्धको कार्यक्रममा काठमाडौंका स्थानीय सबैलाई उपस्थित हुन आह्वान समेत गरे ।
संयुक्त जनआन्दोलन मोर्चाका संयोजक सीपी मैनालीले एमसिसी विरुद्ध मोर्चा अझै सशक्त भएर अगाडि बढ्ने जानकारी दिएका छन् ।