
काठमाडौं /
एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ ।
संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।
नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।बिहान केहीबेर संसद भवन परिसर भित्रै राखिएको पानीको फोहोरा हान्ने गाडी अहिले भने बाहिर निकालिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले संसद भवन वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ ।सो क्षेत्रमा प्रहरी गणबाट रिजर्भ फोर्स पनि ल्याएको प्रहरी स्रोतले बतायो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले संसद भवन वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ। सो क्षेत्रमा प्रहरी गणबाट रिजर्भ फोर्स पनि ल्याएको प्रहरी स्रोतले बतायो ।