
काठमाडौ /
नेकपा एमालेले तत्काल काउन्टर महाभियोग नल्याउने भएको छ।प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपा एमालेले सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनैपनि काउन्टर महाभियोग नल्याउने स्पस्ट पारेकाे हो।
आज सोमबार बसेको एमाले संसदीय दलकाे बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने निर्णय गरेको हो। बैठक पछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख र न्यायाधीशहरूलाई महाभियाेग लगाउने या न लगाउने बारेमा आवश्यक निर्णय लिने अधिकार उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि एमाले संसदीय दलकाे बैठक बसेकाे हाे। भट्टराइले संचारकर्मीहरूसँग भने, ‘एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर समाचारहरू आए, यो पूर्वअनुमान मात्रै थियो।