नुवाकोट ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै युवाहरुले नुवाकोटको बट्टारमा विरुद्ध प्रदर्शन गरेका छन् ।

 

बुधबार राष्ट्रघाती सम्झाैता नगर्न दवाव दिदैं स्वतन्त्र विद्यार्थी, नेकपा माओवादी केन्द्र , नेकपा समाजवादी,विवेकशील साझा पार्टीका युवाहरुको संयुक्त आयोजनामा सो प्रदर्शन भएको हो । एममसीसी राष्ट्रहित बिपरित भएकाले यसको अविलम्ब खारेजीको माग समेत उनीहरुले गरेका छन् ।

 

युवाहरुले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले देशको स्वाधीनता र नेपालीको स्वाभिमानसँग सम्झौता गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको विसापाका  युवा नेता पूर्णमान श्रेष्ठले बताए ।

 

युवाहरुले एमसीसी खारेज गर, ५५ अर्बमा देश बेच्न पाइदैन, अमेरीकी हस्तक्षेप बन्द गर, अमेरीकी सेना चाहिदैन, राष्ट्रिय स्वतन्त्रता कायम गर जस्ता प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x