काठमाडौं /
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्छ । विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे ।तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय