• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    अमेरिकाको ४७ औं रास्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी


    २०८१ कार्तिक २१, बुधबार

    २०८१ कार्तिक २१, बुधबार

    राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बहुमत पाएका छन्।

    राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत पाइसकेका छन्। मतगणना जारी छ।​ औपचारिक रूपमा निर्वाचनको परिणाम भने घोषणा गरिएको छैन।

    डेमोक्र्याटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँग उनको प्रतिस्पर्धा भएको हो। ट्रम्पका समर्थकले खुसी मनाउन थालिसकेका छन्। उनलाई बधाई दिन थालिसकेका छन्। यो जितसँगै ट्रम्प अमेरिकाका ४७ औँ राष्ट्रपति बन्ने भएका छन्।

    बहुमत हासिल गरेपछ निर्णायक रिपब्लिकन उम्मेदवार ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गरेका छन्। उनले मतदातालाई धन्यवाद दिएका छन्।

    ट्रम्पले भने‚ ‘आफ्नो देशलाई ठीक गर्नका लागि सहयोग गर्नुभयो। यो अमेरिकी जनताको शानदार जित हो। यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउने स्वीकृति दिएको छ।’

    मिल्दो जुल्दो खबर