
दिल तोडियो दुख्यो मन कसले बुझ्ने
भित्रै भित्रै रोए यि नयन कसले बुझ्ने ।
सोचेथेँ आफ्नै हो सारा दुनियाँ, भ्रम हो
आफ्नाले नै खेदो गर्छन कसले बुझ्ने ?
सपना देखेर विपनामा रमाएथेँ
सपनाले हुन्छ ऐठन कसले बुझ्ने ?
नसोच्नु सोची हालेँ सबै आफ्नै भनेर
भयो होला थोरै गनगन कसले बुझ्ने ?
दुनियाँ भ्रम रहेछ सत्य लुकाउने
तितो सधै हुन्छ सघन ,कसले बुझ्ने ?
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास