कलम भाँचि फालेर यहाँ महान हुँदैन।
किताब च्याति बालेर यहाँ महान हुँदैन ।।

सक्नेहरुले त अध्याराेमा हो उज्यालो छर्छन्।
त्यो कमजोर गालेर यहाँ महान हुँदैन ।।

देख्नेहरुले सजिलै चिन्नेछन् सेताे र कालाे।
आँखामा धुलाे हालेर यहाँ महान हुँदैन ।।

मन छियाछिया पारे नि मुटु धुजा गरेर।
छक्याई सत्य टालेर यहाँ महान हुँदैन ।।

सक्नेले आँसु राेकेर बाटाे देखाउँछ पूरा।
रातमा पाउ चालेर यहाँ महान हुँदैन ।।

भगवती खनाल “सुनाखरी”
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x