एउटा
पहाडको थुम्को
एउटा
पर्वतमाला
हिमालको काखमा रमाएर
झरझर गर्दै झर्ने
झरनाको
साङ्गीतिक तालमा
अनार दाना
दन्त लहर देखाउँदै
खिसिक्क मुस्कुराउने
मेरा यिनै लेक हुन्
जहाँ
बुकी फूल
र लाली गुराँस
दिल खोलेर मुस्कुराउँदै
वीरताको पाठ सिकाउँछन् !

ती सुन्दर लेक
वीरताका प्रतीक हुन्
वीर नेपालीका छाती हुन्
जहाँ
जीवन्त इतिहास छ
इतिहासको
सुनौलो कथा छ
हिमाल
नेपालीको शिर हो
पहाड
वा लेक छाती हुन्
तराई आँगन हो
ती लेकहरू
जहाँ सल्लाहरूले
जीवनका गीत सुसेल्दै
मनका वह पोख्छन्
छाँगा
छहराको माध्यमबाट
सङ्घर्षपछिको यात्रा
निरन्तर अघि बढाउँछन्
र गन्तव्य खातिर
सागर चुम्न सफल हुन्छन् !

लेकमा चुरेका सुस्केरा
अदृश्य सञ्चित
मुटुको वेदना बनेर
आँसुको मूल फुटे पनि
नेपाल आमा
दूरगामी सोच
लेकमा इस्पात बनेर
धावा बोल्ने
साहस गर्छन्
विस्तारवाद विरुद्ध
हैकमवाद विरुद्ध
केवल माटोको खातिर
पूर्वमा उदाएको
घामको किरण छर्न
सबैभन्दा पहिले
मुस्कुराउँछन्
तिनै लेकहरू !!

आर्त अकुलीन

कैलाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय