
सपना झिकेर लौ यहाँ फालेको धैरै भयाे
निर्दाेषहरुले हो घाउ पालेको धेरै भयो ।
राेएका आँखाहरु अझै पनि उता रुँदैछ
दुश्मनले वाटाेहरु नै टालेकाे धेरै भयो ।
धैर्यकाे वाध भत्केर छरिवरि भई गए
आशा मरेर निराशाले गालेकाे धेरै भयो ।
अध्यारो छ अझै पनि कुना कन्दरा गाउँमा
शहरले वत्तिहरु त वालेकाे धेरै भयो ।
पुगेनौ कहिले नि हामी टापुहरुमा किन
विचारका पाईलाहरु चालेको धेरै भयो ।
भगवती खनाल
नुवाकोट