लन्डन/बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहरिमा पुगेको छ ।पछिल्लो एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको हो।

बुधबार दैनिक सङ्क्रमण ७८ हजार भन्दा बढी रहेकोमा बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ सङ्क्रमित थपिएका छन् ।यो सङ्ख्या महामारीयताकै उच्च हो ।

यसअघि गत जनवरीमा लकडाउन जारी रहँदा सबैभन्दा उच्च सङ्क्रमित सङ्ख्या ६८ हजार पुगेको थियो ।योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ। बेलायतमा एक सातामा चार लाख ४२ हजार भन्दा बढी सङ्क्रमित थापिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय