
काठमाडौ/
नेपाली कांग्रेसको जारी महाधिवेशनमा तस्बिर/भिडियो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेका छन्। सोमबार मतदान सुरु भएपछि प्रहरीले मतदानस्थलमा तस्बिर तथा भिडियो खिच्न पत्रकारलाई रोक लगाइएको छ।
प्रहरीले बाहिर जान भन्दै पत्रकारलाई दुर्व्यवहार गरेको उनीहरुले बताएका छन्।उनीहरुले दूर्व्यवहार भएको भन्दै माफि नमागे महाधिवेशन बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्।
कांग्रेस निर्वाचन समितिको निर्देशन भन्दै मतदानस्थलबाट प्रहरीले पत्रकारलाई प्रवेश गर्न नदिइएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्। पत्रकारलाई गेट बाहिर निकालेपछि पत्रकारहरुले सडकमा क्यामेरा राखी विरोध गरेका हुन्।